२५ अर्बको ऋणपत्र नेप्सेमा सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २५ अर्बको ऋणपत्र सूचिकृत भएको छ ।

नेप्सेका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ४ वर्ष अवधि भएको २०८२ 'च' नामको १५ अर्ब र ५ वर्ष अवधि रहेको २०८३ 'च' नामको १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । 

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया