नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कम्पनीको कति कित्ता ?

४ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार ३ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस बापतको २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता शेयर सूचिकृत भएको हो ।

यस्तै, एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस बापतको ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता शेयर सूचिकृत भएको हो ।

साथै, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता शेयर सूचिकृत भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया