राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, बोलकबोल भोली

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असार ७ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल २०७९ साल असोज ४ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल चैत्र ७ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरी बिल भोलि दिउँसो २ बजे बोलकबोल भएर पर्सी चैत्र ८ गते, मंगलबार बिक्री हुनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया