प्रेस सेन्टर काभ्रेले तोक्यो १३ पालिकामा इन्चार्ज

३ बर्ष अगाडि

काठमाडौं - प्रेस सेन्टर नेपाल काभ्रे शाखाको दोस्रो बैठकले जिल्लामा १३ स्थायिन तहहरुमा इन्चार्ज तोकिएको छ । 

शनिबार बनेपामा प्रेस सेन्टर काभ्रे शाखाको बैठकमा प्रेस सेन्टर बाग्मती प्रदेश अध्यक्ष यदुनाथ गौतम देउपुरेको प्रमुख आतिथ्यमा, जिल्ला अध्यक्ष रोजन तामाङको अध्यक्षतामा बैठक राखेर इन्चार्जहरु तोकिएको जिल्ला सचिब शिब पन्तले बताए । 

बैठकमा प्रेस सेन्टर केन्द्रिय सदस्य पेमा लामा, प्रेस सेन्टर बाग्मती प्रदेश उपाध्यक्ष एवं काभ्रे इन्चार्ज अन्जु तामाङ, प्रदेश सचिब , सिन्धुपाल्चोक इन्चार्ज सन्तोष दाहाल, पुर्व जिल्ला अध्यक्ष राम कृष्ण बन्जारा लागयत पार्टीको बागमती प्रदेश सचिवालय सदस्य मिम बहादुर वाईवा, भोला आर्यलको उपस्थिति रहेको पन्तले बताए ।

सेन्टर जिल्ला शाखाले जिल्लाका १३ स्थानिय तहहरुमा निर्वचन केन्द्रित पालिकाको इन्चार्ज तोकिएका छन् । बैठकले इन्चार्जहरुमा तेमाल गाउँपालिकामा शिवप्रसाद पन्त, रोशीमा प्रेम स्याङ्तान, महाभारतमा किरण पुलामी मगर, खानीखोलामा इकमान लामा, बेथानचोकमा नवराज अधिकारी, चौरीदेउरालीमा क्षितिज नेपाली र भुम्लु गाउँपालिकाको लागि क्रान्ति दोङलाई तोकिएको छ । 

त्यस्तै बनेपा नगरपालिकामा प्रकाश दाहाल, धुलिखेलमा अञ्जली तामाङ, पनौतीमा जीवन खड्की, पाँचखालमा कुमार गौतम, मण्डनदेउपुरमा रामकुमार मोक्तान र नमोबुद्ध नगरपालिकामा लोकबहादुर लामालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । सेन्टरको बैठकले पवन घिमिरे र रामकुमार मोक्तानलाई प्रेस सेन्टर काभ्रेको जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ । 

त्यसैगरी बैठकले प्रेस सेन्टरको कार्यालय स्थापना, सल्लाकार समिति गठन, निर्वाचन केन्द्रित कार्यक्रम, अनलाईन सदस्यता अभिलेखिकरण लगायतका विषयमा जिल्ला शाखाले कार्य अगाडी बढाउने निर्णय गरेको सेन्टर जिल्ला सचिब शिब पन्तले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया