६ करोड २ लाख २० हजार बढि बोनस पारित गर्न आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले यही चैत २७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काभ्रेको बनेपा–८ स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ३० करोड ६९ लाख २३ हजार १४८ रुपैयाँको २१ प्रतिशतले हुन आउने ६ करोड २ लाख २० हजार २६१ रुपैयाँबराबरको बोनस सेयर पारित गरेको छ । 

बोनस सेयर जारी गर्दा संस्थाको पुँजीसमृत वृद्धि हुने भएकोले सोका लागि प्रबन्धपत्रमा संशोधन गरी पुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया