एलआइसीमा २० प्रतिशतसम्म प्रत्यक्ष विदेशी लगानीको लागी अनुमाति

४ बर्ष अगाडि

काठमाडौं - भारत सरकारले प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) मा २० प्रतिशतसम्म प्रत्यक्ष विदेशी लगानीको लागी अनुमाति दिने निर्णय गरेको छ ।

भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागले एक सूचना जारी गर्दे २० प्रतिशत सम्म प्रत्यक्ष विदेशी लगानीको लागी अनुमति दिने सरकारको निर्णयलाई सार्वजनिक गरेको हो ।

गत फेब्रुअरीमा केन्द्र सरकारको मन्त्रिपरिषद्ले एलआईसीमा वैदेशिक लगानी स्वीकार गर्ने निर्णयलाई अनुमोदन गरेको थियो। हालको वैदेशिक लगानी नीति अन्तर्गत, सरकारी स्वीकृति मार्ग अन्तर्गत सार्वजनिक क्षेत्रका बैंकको लागि लगानीको सीमा २० प्रतिशत भएकोले, एलआईसी र त्यस्ता अन्य कर्पोरेट निकायलाई पनि २० प्रतिशत सम्म अनुमति दिने निर्णय गरिएको हो ।

एलआइसीले आफ्नो सेयरको ५५ वा ३१ करोड ६० लाख भन्दा बढी शेयरको प्रारम्भिक सार्वजनिक प्रस्ताव गर्ने योजना बनाएको छ । यो भारतमा अहिलेसम्मकै ठूलो शेयर निष्काशन हुनेछ । शेयर ष्निकाशन मार्च महिनामा गर्ने तयारी गरिएको थियो, तर रुस र युक्रेन संकटले स्टक बजारमा उच्च अस्थिरता निम्त्याएकोले समयतालिका पर सारिखएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया