आजसम्म कायम शेयरधनीले मात्रै नेपाल लाइफको लाभांश पाउने, कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ७ गते एक दिन बुकक्लोज गरेको छ । त्यसकारण चैत ६ गते नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले २१औं वार्षिक साधारण चैत २१ गते साधारण सभा गर्ने मिति तय गरेको हो । उक्त सभा बिहान ९ बजे होटल भिष्वा बीरगंज पर्सामा गर्ने जनाएको छ ।

सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को आर्थिक वर्षको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवतरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारत गर्नेछ ।

संचालक समितिले प्रस्ता गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया