प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा आज, के-के छ एजेन्डा ?

४ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुने भएको छ । 

सभा होटेल रेडीसन काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोकी पारित गर्ने छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया