चैत ९ गेतबाट प्रोटोन एसयूभी एक्स ५० नेपालमा बिक्री शुरु, मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - मलेसियन ब्रान्ड प्रोटोन एसयुभि एक्स ५० को बिक्री अगामी चैत ९ गेतबाट शुरु हुने भएको छ । नेपालका लागि प्रटोन ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्सले तीन भेरिन्ट सहित नेपालमा प्रटोन एक्स ५० गाडी भित्र्याएको हो ।

स्टान्डर्ड, प्रिमियम र फ्ल्याग्सिप भेरियन्टमा नेपाली बजारामा आएको प्रटोन एक्स ५० को डिजाइनलाई अब्बल बनाएको छ ।

प्रोटोन एक्स ५० मा १.५ लिटर टर्बोचार्ज्ड, थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डाइरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री–पेट्रोल सिलिन्डर दिइएको छ । टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

मिड रेन्ज एसयुभि रोज्नेका लागी प्रोटोन उत्कृष्ट गाडी रहेको कम्पनीले जनाएको छ । गाडीमा ६ वटा एयरब्याग, इबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपरहरू, कीलेस एन्ट्री, अगाडि ढोका ह्यान्डलहरूमा टच सेन्सर रहेको बताइएको छ ।

मल्टिपोइन इन्जेक्सन थ्रि सिलिन्डर टर्वोचार्ज इन्जिन सहित नेपालमा आएको यो गाडी तीन मोड्स् नर्मल , इको र स्पोर्टर्समा चलाउन सकिन्छ ।

पुस–स्टार्ट, ३६० डिग्री क्यामेरा,८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन,स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु प्रोटोन एक्स ५० मा दिइएको छ ।

यो गाडीमा मोल्फ–पार्किङ प्रणाली छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ । जगदम्बाले नेपालमा २०२० देखि प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी बेच्दै आएको छ ।

नेपाली बजार भित्र्याउने तयारी गरिरहेको जगदम्बा मोटर्सले मलेसियन गाडी प्रोटोन एक्स ५० को न्यूनतम मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तय गरेको छ ।

तीन नयाँ भेरियन्टमा उपलब्ध हुने स्ट्यान्डर्डको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ लाख ९९ हजार रुपैयाँ र फ्ल्यागशीपको ८४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया