काठमाडौं - काठमाडौंमा ताप्लेजुङ्गेहरूको अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले आयोजना गरेको उक्त कपको उपाधि मिक्वाखोला गाउँपालिकाले हात पारेको छ ।
आज सम्पन्न भएको खेलमा मिक्वाखोलाले मैवाखोला गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि अन्तिम निर्णय ट्राइबेकरबाट लिइएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मैवाखोलाका सन्त कुमार राई भएका छन् । यस्तै मिक्वाखोलाका देवी गिरी र पुजन लिम्बू क्रमशः हाइस्कोरर र उत्कृष्ट गोलकिपर भएका छन् ।
ज्ञानेश्वर स्थित प्राइम फुटसलमा भएको खेलमा ८ पालिकाबाट १३ टीम सहभागी भएका थिए । खेलमा प्रथम हुने मिक्वाखोलाले ५१ हजार ट्रफी र दोस्रो हुने मैवाखोला गाउँपालिकाले ३१ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा ताप्लेजुङमा घर भई काठमाडौंमा बस्नेहरुको पालिकास्तरीय टिमको सहभागिता रहेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिए ।
प्रतिक्रिया