जेठ १६ गतेदेखि हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (सुचिसहित)

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आउँदो जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने छ । परीक्षा नौ दिन सञ्चालन हुनेछ । 

प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।  

यस वर्ष झन्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया