काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेको इन्सुरेन्स, एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।
नेको इन्सुरेन्स
नेप्सेमा नेको इन्सुरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले मूल्य समायोजन गर्दै नेको इन्सुरेन्सको प्रतिकित्ता १०४३.४८ रुपैयाँ कायम गरेको हो । यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १२०० रुपैयाँ कायम भएको थियो ।
एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ९९ रुपैयाँ ९ पैसा कायम हुनेगरि मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८ सय ७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
गरिमा विकास बैंक
गरिमा विकास बैंक लिमिटेडको शेयर मूल्य नेप्सेमा समायोजन भएको छ । बैंकको १६ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ८१ रुपैयाँ ३ पैसा कायम हुनेगरि मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया