पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए कन्ट्रक्सनको काम रोक्ने चेतावनी

४ बर्ष अगाडि

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए कन्ट्रक्सनको काम रोक्ने दिएका छन ।

पछिल्लो सयम अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या भएकाले ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

निर्माण व्यवसायीले जुवा खेल्न यो व्यवसायमा लागेका हैनन्’, महासंघका अध्यक्ष रवि सिंहले भने, ४ महिनामै २ गुणा मूल्यवृद्धि भएपछि कसरी विकास निर्माणको काम अघि बढ्छ ।’

कन्ट्रक्सन होलिडे मनाउने विषयमा भने चैत १४ गते महासंघले छलफल गर्ने जनाएको छ । १४ गतेसम्म सरकारलाई आफ्ना समस्या समाधान गर्न आग्रह गर्ने र सम्बोधन नभएमा सोही दिन हुने महासंघको राष्ट्रिय भेलाबाट आन्दोलनका चरण घोषणा गर्ने बताएको छ ।

त्यस्तै सार्वजनिक खरिद नियमावली २०६४ को ११ औं संशोधनप्रति आपत्ति जनाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना माग सम्बोधन नभएको भन्दै महासंघले आपत्ति जनाएको हो । उक्त खरिद नियावली संशोधन चैत ३ गते रातो किताबमा प्रकाशित भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया