प्रकाश सपुतको ‘पिर’ ले बनायो कीर्तिमान, एक हप्तामै करोड क्लबमा प्रवेश

३ बर्ष अगाडि

काठमाडौं - माओवादी जनयुद्धको विषयलाई समेटेर गायक प्रकाश सपुतले बनाएको गीत ‘पिर’ ले कीर्तिमान बनाएको छ । गायक प्रकाश सपुतको नयाँ गीत ुपिरु एक हप्तामा नै करोड क्लबमा प्रवेश गरेको छ । सर्वत्र चर्चामा रहेको उक्त गीतलाई एक सातामै एक करोडले हेरेका हुन् । 

योे गीत सार्वजनिक भएपछिदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ ।माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन् ।

माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा ९माओवादी केन्द्र० का नेता(कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण पनि दिएका छन् ।

विवादसँगै प्रकाशको उक्त गीतले नयाँ सफलता पनि हात पारेको हो । सो गीत युट्युबमा सार्वजनिक गरिएको एक हप्तामै करोड क्लब ९१ करोड पटक हेरिएको०मा पुगेको हो ।

फागुन २७ गतेको राति सार्वजनिक गरिएको गीतको भ्युज यो समाचार तयार पार्दासम्म १ करोड १७ हजार बढि नाघिसकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया