सिटिजन्स बैंक ल्यायोे ईकेवाईसी सेवा संचालनमा

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा संचालनमा ल्याएको छ ।

यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने छन् ।

आफ्नो केवाईसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नु पर्र्ने हुन्छ । यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झट हट्ने छ भने मोबाइल तथा कम्युटरको माध्यमबाट केवाईसी अध्यावधिक गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया