धितोपत्र बोर्डले चैत ७ देखि १३ गतेसम्म विश्व वित्तीय सप्ताह मनाउने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले यहि चैत ७ गतेदेखि १३ गतेसम्म एक हप्ताका लागि विश्व वित्तीय सप्ताह मनाउनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा गरेको छ । 

किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयजना गर्न लागिएको हो । यो कार्यक्रम अर्गनाइजेसन अव इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्टको आयोजनामा वार्षिक रुपमा मनाईने मनाइन्छ । 

यो वर्ष बोर्डले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा मनाउन लागेको हो । यस कार्यक्रममा धितोपत्र बजारमा रहेका नेप्से, सिडिएससी, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, रेटिङ एजेन्सीको समेत उल्लेख्य सहभागिता रहने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया