जोर्डनले माग्यो २५० महिलासहित भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - जोर्डनको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । जोर्डनको zarqa सहरमा रहेको premium clothing industry llc कम्पनीले २४ जना पुरुष कामदार र २५० जना महिला गरि जम्मा २७४ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ३८ हजार माथिदेखि ६० हजार बढि पाउनेछ । इच्छुक कामदारले एस सि सि मेनपावर कम्पनी प्रालिको कार्यालय महाराजगञ्ज कपन काठमाडौंमा चैत्र १० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया