नेपालको आर्थिक विकासमा नागरिक लगानी कोषले भूमिका खेल्न सक्ने : अर्थमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा नागरिक लगानी कोष ९सीआईटी० ले भूमिका खेल्न सक्ने बताएका छन् ।

आज नयाँबानेश्वरमा नागरिक लगानी कोषको ३२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

 ‘अहिलेको देशमा १७ खर्बदेखि २० खर्ब रुपैयाँ लगानीको खाँचो छ’, उनले भने, ‘नागरिक लगानी कोषको १ खर्ब ५ अर्ब पैसा बैंकका डिपोजिट छ । त्यो पैसा आर्थिक विकास लागि लगानी गर्न कोषले परिचालन गर्न आवश्यक छ।’

अहिले नागरिक लगानी कोषले त्यही पैसाको ब्याजबाट बाँचिरहेको पनि शर्माले उल्लेख गरे ।  

४ बर्ष अगाडि

प्रतिक्रिया