काठमाडौं - धितोपत्र दोस्रो बजारमा फागुन महीनामा मात्र ३० करोड २१ लख ९६ हजार २७७.९० कित्ता धितोपत्र सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आईपीओ, बोनस शेयर, विकास ऋणपत्र र ऋणपत्र गरी उल्लेखित संख्यामा धितोपत्रहरु दोस्रो बजारमा थप भएका हुन् ।
फागुन महीनामा अघिल्ला महीनाको तुलनामा दोस्रो बजारमा धितोपत्रको आपूर्ति बढी देखिएको छ । नेप्सेका अनुसार माघ महीनामा ३ करोड ६० लाख १६ हजार १२१.३७ कित्ता शेयर कारोबार भएको थियो ।
पुस मसान्तसम्म सम्पन्न गरेका धेरै जसो कम्पनीहरुले फागुन महीनामा बोनस शेयर सूचीकृत गरेका छन् । फागुन महीनामा तीन कम्पनीहरुको आईपीओ बापतको ९७ लाख ५६ हजार कित्ता शेयर थप भएको छ भने सबैभन्दा बढी २६ करोड १९ लाख ४० हजार २७७.९० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको २ करोड ९५ लाख कित्ता विकास ऋणपत्र र गरिमा विकास बैंकले जारी गरेको १० लाख कित्ता ऋणपत्र पनि फागुन महीनामै सूचीकृत भएको छ ।
प्रतिक्रिया