अब राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विदेशी मुद्राको सहटी सुविधा पाउने

४ बर्ष अगाडि

काठमाडौं - अब राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विदेशी मुद्राको सहटी सुविधा पाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ को एकीकृत इ.प्रा. परिपत्रः १०/२०७८ को दफा १ मा संशोधन गर्दै विदेशी मुद्रा सहटी सुविधा पाउने निकायहरुको सूचीमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई पनि थपेको हो। योसँगै अब राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट विदेशी मुद्राको सहटी सुविधा पाउने भएको छ । 

यसअघि नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालयहरु, सम्बैधानिक निकाय आदि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल वायुसेवा निगम, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद, व्यापार तथा निर्यात प्रवर्द्ध केन्द्र, नेपाल पर्यटन बोर्ड र नेपाल टेलिकमले यो सुविधा पाउँदै आएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया