११ प्रतिशत बोनस पारित गर्न प्रभु इन्स्योरेन्स चैत ३० गते बोलायो साधारण सभा, लाभांश कति ?

४ बर्ष अगाडि

काठमाडौं - प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश २६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चैत ३० गते प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । 

सभाले ११ प्रतिशत बोनस शेयर र ०.५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०।५८ प्रतिशत नगद लाभांश सहित कुल ११।५८ लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्तापुस्तिका चैत १७ गते गर्ने जनाएको छ । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया