काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर पश्चात शेयरमूलय समायोजन गरेको हो । समायोजन पश्चात बैंकको शेयरमूल्य ४८१ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन बैंकको शेयर प्रतिकित्ता ५५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया