वोमी लघुवित्तको बोनस बापतको कर जम्मा गर्न आग्रह, कहाँबाट गर्ने ?

४ बर्ष अगाडि

काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस बापतको कर जम्मा गर्न आग्रह गरेको छ । 

कम्पनीले आव २०७७/०७८ को नाफाबाट शेयरधनीको लागि २० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको गत पुस १६ गते सम्पन्न १०औं साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्मका कायम शेयरधनीहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि KCL-WOMI TAX COLLECTION 2077/78 खाता नम्बर ०१३००९८४०७२०००३७ मा जम्मा गर्न अनुरोध गरेको छ । 

साथै, हालसम्म पनि शेयर शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने कमपनीले जानकारी गराएको छ । 

कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया