काठमाडौं - बेष्ट फाइनान्सले आज चैत्र ४ गते साधारणसभा गर्दैछ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने भएको हो ।
यस बेष्ट फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक वित्तीय विवरण २०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।
सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
प्रतिक्रिया