राजनीतिमा असम्भव केही हुँदैन, एमालेसँग तालमेल नहोला भन्न सकिन्न : प्रचण्ड

३ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने संकेत गरेका छन् । गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले लखेट्न खोजेको अवस्थामा एमालेसँग पनि ढोका बन्द नभएको उनले बताएका हुन् ।

लुम्बिनी प्रदेशको प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षणलाई सम्बोधन गर्न बिहीबार बुटवल आएका दाहालले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजनीति सम्भावनाको खेल भएकाले दुवै सम्भावना उत्तिकै रहेको बताएका हुन् ।

‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उनले भने, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’ उनले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा तालमेलबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिएका छन् । 

गठबन्धनकाबीच तालमेल भइहाले पनि दशैभर नहुने र स्थानीय आवश्यकताका आधारमा मात्र हुने भएकाले आफ्नो संगठनलाई बलियो बनाउने, आर्थिक र राजनीतिक एजेन्डा लिएर जनतामा जाने र आफ्नै तागतमा उत्साहका साथ निर्वाचनमा होमिन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया