काठमाडौं - फागुन १ गतेबाट बिक्री खुल्ला गरिएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल० को लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताहरुले आजदेखि आफ्नो रकम फिर्ता लिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डेले फागुन १२ गतेको पत्रबाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त लिलाम बढाबढ मार्फत बिक्री गर्ने कार्य स्थगित गर्न निर्देशन दिएपछि फागुन१३ गतेदेखि उक्त प्रक्रिया स्थगित गरिएको थियो ।
कम्पनीको यो प्रक्रिया केहि लम्बिने भएपनि चैत्र २ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सो अवधि भित्र आवेदकहरुको संकलित रकम फिर्ता गर्न निर्देशन दिएकाले लगानीकर्ताहरुको हित संरक्षणलाई मध्यनजर उल्लेखित प्रक्रिया अपनाई आवेदकहरुको शिलबन्दी बोलपत्र आजदेखि फिर्ता गर्न लागिएको कम्पनीले जनाएको छ ।
आवेदन दिने बोलपत्रवालाहरुलाई आफूले बोलपत्र बुझाएको संकलन केन्द्रहरुमा स्वयं उपस्थित हुन कम्पनीले सूचना मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया