काठमाडौं - बंगलादेशी अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा (एफआईडी) ले बैंकास्योरेन्स निर्देशिका तर्जुमा गर्न बैंक तथा बीमा नियामक निकायलाई आग्रह गरेको छ ।
एफआईडीले दुबै नियामकहरू, बंगलादेश बैंक र बीमा विकास तथा नियामक प्राधिकरणलाई बैंकास्योरेन्स सम्बन्धी अन्तिम दिशानिर्देशहरू ७ अप्रिल सम्ममा महाशाखामा पेश गर्न अनुरोध गरेको छ ।
द फाइनान्सियल एक्सप्रेसका अनुसार बैंकास्योरेन्स सञ्चालनका लागि बैंकहरूले केन्द्रिय बैंक बंगलादेश बैंकबाट स्वीकृति लिनुपर्नेछ र बीमा नियामकले बैंकहरुलाई बीमा सेवा संचालन गर्नको लागी छुट्टै इजाजतपत्र जारी गर्नुपर्नेछ ।
बैंकहरूले बैंकास्योरेन्स व्यवसाय सञ्चालन गर्न छुट्टै सञ्चालन इकाई स्थापना गर्नुपर्ने र प्रमुख बैंकास्योरेन्स अधिकारी नियुक्त गर्नुपर्ने प्रावधान राखिएको छ।
बीमकले बंगलादेश बैंकबाट बीमा सेवा संचालनको लागी स्वीकृति पाएको साझेदार बैंकसँग बैंकास्योरेन्स सम्झौता गर्नुपर्छ । बैंकास्योरेन्स इजाजतपत्रको लागि आवेदन दिने बैंकहरूले बीमा नियामक समक्ष बेग्लै दर्ता शुल्क तिर्नुपर्ने प्रावधान समेत रहेको छ ।
प्रतिक्रिया