काठमाडौं - तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २५औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५औँ वार्षिक साधारण सभा चैत्र २७ गते तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, रजिष्टर्ड कार्यलय बौद्ध काठमांडौमा अनलाईन माध्यामबाट बिहान ११ बजेबाट सुरु हुने छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ साथै सभाले प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनःनियुक्तीलाई अनुमोदन गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले १२ चैत्रदेखि २७ चैत्रसम्म बुक क्लोज गर्नेछ । यसअनुसार ११ चैत्रसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।
रुः
प्रतिक्रिया