नेपाली बजारमा रियलमीको ९ प्रो प्लस फाइभजी स्मार्टफोन छिटै आउँदै, मूल्य ४० देखि ४५ हजार बीचमा

३ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा रियलमीले नयाँ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो प्लस फाइभजी (5G) ल्याउने भएको छ ।

उत्कृष्ट प्रोसेसर र फ्ल्यागशिप क्यामेरा र आकर्षक फिचरसहित कम्पनीले फोन सार्वजनिक गर्न लागेको हो ।

मिडनाइट ब्ल्याक र अरोरा ग्रीन सहित दुई भेरियन्टहरुमा उपलब्ध हुने यो स्मार्ट फोनको डिजाइन आकर्षक छ । ६ जीवि र्याम र १२८ जीबी स्टोरेज र ८÷१२८ जिबी स्टोरेज सहित रियलमी ९ प्रो प्लस आउने छ ।

रियलमी ९ प्रोे प्लसमा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ,जसमा ५० एमपी प्रमुख क्यामेरा, ८ एमपीसुपर वाइड क्यामेरा र २ एमपीको क्यामेरा रहेको छ ।

आफ्नो खण्डमा सोनी आईएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो । 

कम उज्यालो भएको अवस्थामा पनि रियलमी ९ प्रोें ५ जी को १६ एमप फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्दछ । मेडियाटेक डिमेन्सिटी ९२० छन् प्रोसेसरका साथ अत्याधुनिक टिएसएमसी ६ न्यानोमिटर प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी पहिलो स्मार्टफोनको रुपमा आएको छ ।

४५०० एमएएच् ब्याट्री भएको यो स्मार्टफोनलाई ६० वाट सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सकिन्छ र १०० प्रतिशत चार्ज गर्न मात्र ४४ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमूना दरको साथ ६।४ सुपर अमोल्ड डिस्प्ले समावेश छ । ९०.८ प्रतिशत को स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिन्छ ।

पहिलो ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन,अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाएको छ । रियलमी ९ प्रो प्लस ५जीे को रियर प्यानलमा ईण्डस्ट्री –लिडिङ्ग लाईट सिफ्ट डिजाइन जडान गरिएको छ ।

सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ । 

रियलमी ९ प्रो प्लस मार्फत, अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य र्याममा ५ जिबी सम्म डाईनामिक र्याम थप्न सकिन्छ । नेपाली बजारमा रियलमी ९ प्रो प्लसको मूल्य ४० देखि ४५ हजार बीचमा रहने अनुमान गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया