४७४७ जनाको परीक्षणमा २७ जनामा संक्रमण, १ लाख ४५ हजार बढीले लगाए खोप

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा उक्तसंख्याबराबरमा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा २२० जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६१ हजार ७८१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाको ज्यान गुमाइसकेका छन् । 

नेपालमा अहिले ४ हजार ३७६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ४५  हजार ७८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया