बिक्री नभएको १ लाख ४५ हजार बढि हकप्रद सेयर बिक्री गर्दै नारायणी डेभलपमेन्ट बैंक, कहिलेबाट ?

४ बर्ष अगाडि

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर यही चैत १० गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामीमा राख्ने भएको हो । 

लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन ।

लिलामीमा राखिने सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया