माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ घरपरिवारलाई सहयोग

४ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फागुन २८ गते जिल्ला सत्तरी अग्नीसाईर कृष्णासवरन–४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११  घरपरिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको छ । 

उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन–४ का वडाअध्यक्ष तेजनारायण यादव र बैंकको प्रदेश नं। २ को प्रदेश उपप्रमुख विनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो ।     

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो। त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया