सिनर्जी पावरले पायो बीबीप्लस रेटिङ

३ बर्ष अगाडि

काठमाडौं - इक्रा नेपाल लिमिटेडले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीप्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेकोछ । 

यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । 

यसको अर्थ (इक्राएनपी–आईआर) बीबीप्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।

३ बर्ष अगाडि

प्रतिक्रिया