फेरि बढ्यो पेट्रोल डिजेल र मट्टितेलको मूल्य, अब पेट्रोल प्रतिलिटर १५५

४ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ ।

अब  पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ। हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया