बि.ओ.के डिबेन्चर २०८६ (क)को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । 

काठमाडौें,कमलपोखरी स्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । यस बैंक तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३÷०३÷२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ । यस बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले चैत २ गते हस्ताक्षर गरेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया