काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नारावाजी गरेका छन् ।
चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नारावाजी गरेका हुन् । नेविसंको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नारावाजी सुरु गरेका थिए ।
प्रतिक्रिया