नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन,समायोजनपछिको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको शेयरमूल्य नेप्सेमा समायोजन भएको हो । 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ९९ रूपैयाँ ९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ८१ रूपैयाँ ३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ५८ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया