नेसनल लाइफकी अध्यक्ष सिंहद्वारा सपथ ग्रहण

४ बर्ष अगाडि

काठमाडौं, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्। 

गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनः निर्वाचित भएकी हुन्। 

शपथ ग्रहण समारोहमा बीमा समितिका अध्यक्ष सिलवालले अध्यक्ष सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया