काठमाडौं, इण्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
बुधबार आइओसीले पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत १८२ रुपैयाँ ८१ पैसा पर्ने भएको छ ।
त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ। डिजलेको खरिद लागत १६९ रुपैयाँ ४४ पैसा पर्ने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया