आज पनि शेयर बजारले ओरालो यात्रालाई निरन्तरता दियो, कारोबार रकम पनि गिरावट

४ बर्ष अगाडि

काठमाडौं- आज (बुधबार) पनि शेयर बजारले ओरालो यात्रामा निरन्तरता दिएको। बुधबार बजार दोहोरो अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको छ । नेप्से ०.७४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ४९७.३७ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५७ करोड ४ लाख एक हजार एक सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर घटेको छ । बाँकी ३ वटा उपसमूहको शेयर बढेको छ ।

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १६ करोड ३६ लाख १ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय ७२ रूपैयाँ ६० पैसाा पुगेको छ । 

यस दिन युनाइटेड इदी मर्दीको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ४.९२ प्रतिशतले घटेर ८ सय ६५ रूपैयाँ २० पैसामा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया