नेपाल टेलिकमसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बुधबार) पनि शेयर बजार १९.६५ अंकले घटेर २६३१.३२ को विन्दुमा पुगेको छ । भोलि बिहीबार होलीको सार्वजनिक बिदा परेको हुदाँ शेयर कारोबार बन्द रहनेछ । 

आज २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाख, अपि पावर कम्पनीको १० करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अन्य कुन कम्पनीको कतिको कारोबार ?

 

४ बर्ष अगाडि

प्रतिक्रिया