एक साताको अवधिमा ३० प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

३ बर्ष अगाडि

एजेन्सी - विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा  ३० प्रतिशतले गिरावट आएको छ। 

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो । एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो ।

व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका थिए । यसले मुद्रास्फीति दर बढ्नुका साथै विश्व अर्थतन्त्रमा संकुचन पैदा गर्ने अनुमान गरिएको थियो । 

यसबीच साउदी अरब र युनाइटेड अरब इमिरेट्स (यूएई) ले तेलको उत्पादन बढाउन सक्ने आशाले केही राहात दिएको छ । जसका कारण ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०० डलरमा झरेको छ । एक साताको अवधिमा मूल्यमा ३० प्रतिशतले गिरावट आएको हो । 

यस्तै चीनमा नयाँ कोरोना भाइरसका कारण मुख्य सहरहरुमा प्रतिबन्ध लगाइएका कारण तेलको मागमा कमी आउने भएकाले बजारमा दबाब कम पर्ने जनाइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया