सिटिजन्स बैंकको  ७ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ७९.२८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । 

शेयरको मूल्य प्रतिकित्ता १४३ रुपैयाँमा बिक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया