प्रभु बैंकले संस्थापक शेयर विक्री गर्दै, साढे १७ लाख बढी कित्ता

४ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ 

बैंकले १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो। कम्पनीले कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा शेयर खरिद गर्न निवेदन नआएमा अन्य व्यक्ति संघ संस्थालाई उक्त शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया