काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले उक्त रकम भुक्तानी गरेको हो ।
कोरोना संक्रमणका कारण मृत्यु भएका भद्रपुर नगरपालिका वडा नं।४ का बिमित विजयसिंह राजवंशीको परिवारलाई उक्त रकम हस्तान्तरण भुक्तनी गरिएको कम्पनीले जनाएको छ ।
मृतक राजवंशीले भद्रपुर शाखामा २०७६ पुस २९ गते २० लाखको वार्षिक अग्रीम भुक्तानी जीवन बीमा गरेका थिए । मृतक राजवंशीले पहिलो किस्ता र दोस्रो किस्ता बापत २ लाख ४ हजार ३५२ रुपैंया भुक्तानी गरेका थिए ।
उक्त दाबी बापतको रकम मृतक राजवंशीकी श्रीमती ललिता राजवंशीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया