सनराइज बैंकको स्वास्थ्य योजनामा सुविधा थप : अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी १ लाखको बीमा

४ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंकले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई मध्य नजर गर्दै विभिन्न सेवा सुविधाहरुका साथै स्वास्थ्य सुविधालाई पनि प्राथमिकता दिदै आएको छ।

सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन् । 

२०७४ साल चैत्र १ गते देखि बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ ।

बैंकले स्वास्थ्य बीमा अन्र्तगत अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी १ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको छ ।

पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर थाइल्याण्डका अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ ।

साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । 

महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजार सम्म दिइने बैंकले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया