३ सय स्टाफ नर्स माग, आवेदकको उमेर १८ वर्ष पुरा भई ४५ सम्मको हुनु पर्ने

३ बर्ष अगाडि

काठमाडौं - लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।

हालको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समुह पाँचौँ तहको स्टाफ नर्स पदका लागि ३ सय नर्स तत्काल पदपूर्ति गर्न अनुरोध गरे पछि विज्ञापन आहान गरेको लोकसेवा आयोगले जनाएको छ ।

आयोगले खुल्लामा १६५, महिलामा ४५, जनजातिमा ३६, मधेशमा २९, दलितमा १३, अपाङगमा ७ जना रहेको छ भने पिछडीएको क्षेत्रका लागि ५ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

आवेदन २२ चैत्रभित्र नियमित र २९ चैत्रभित्र दोब्बर दस्तुर तिरेर अनलाइन मार्फत आवेदन दिन सकिने जनाएको छ । आवेदन दिनका लागि १८ वर्ष पुरा भई ४५ सम्मको हुनु पर्ने रहेको आयोगले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया