काठमाडौं- साताको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.१५ अंक घटेर २६५०.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६० अंक बढेर २६५३.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.११ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १३ स्टकको ४ लाख ४१ हजार ७३० रुपैयाँ बराबरको ८४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया