काठमाडौं - नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल बजारको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजना ल्याएको छ ।
जसअन्तर्गत ग्राहकलाई पाँचपटक जित्ने मौका दिँदैछ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेलामा १ हजारको छुट पाउनका लागि योग्य भइने कम्पनीले जनाएको छ ।
यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोस्ट गरेबापतको शोरुममा गएर बाइक रोजेबापतको अनि किन्नलाई बुकिङ गर्दा पाइने १ लाखसम्मको जम्माजम्मी रकम छुटका रुपमा प्राप्त गर्न सकिनेछ ।
यो अफरका बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाइँले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्री सर्भिसिङ प्रदान गरिनेछ । यसका साथै बम्पर पुरस्कार स्वरुप १० लाखसम्म जित्ने मौका मिल्नेछ ।
यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामकरण पनि ‘बजाज पाँचको पन्च’ भनेर गरिएको छ ।
प्रतिक्रिया