रुसले लगायो अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध

३ बर्ष अगाडि

एजेन्सी - रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ । 

युरोपेली संघ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्ध सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो । रुसी विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध लगाइएको जानकारी गराएको छ । 

रुसले अमेरिकी राष्ट्रपतिसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्नसविरुद्ध पनि प्रतिबन्ध लगाएको छ ।

आफ्ना प्रतिबन्धबाट अरु पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया